३० आश्विन २०८३, शुक्रबार

बागमती टेलिभिजनमा हरेक शनिबार साँझ ‘चुरीफुरी’

0
Shares


काठमाडौं । स्याटेलाइट टेलिभिजन च्यानल बागमती टेलिभिजन एचडीमा हरेक शनिबार साँझ ६ः३० बजेको समयमा ‘चुरीफुरी’ नामक हाँस्य टेलिचलचित्र प्रसारण भइरहेको छ । अनुपम धिताल र पुनम धिताल निर्माता रहेको उक्त टेलिचलचित्र सोही साँझ क्लासिक फ्रेम मुभी नामक युट्युव च्यानलबाट पनि ७ बजे प्रसारण हुने गरेको छ ।

समसामयिक घटनाक्रमहरुलाई मुख्य विषयवस्तु छानेको यसको निर्माण युनिटले धारावासिक रुपमा निरन्तर निर्माण गर्ने बताएको छ । टेलिचलचित्रमा टेकेन्द्र कार्कीको निर्देशन रहेको छ भने दिलीप फुयाँलको छायाँकन, रामेश्वर जिरेलको सम्पादन तथा रवि केसीको श्रृङ्गार रहेको छ ।

रोशनी सापकोटा, टंक खड्का, टेकेन्द्र कार्की, आत्माराम धिताल, बिनोद थापामगर, अम्बिका कार्की, गोपाल ढुंगाना, सुनिल थापा, यामिनी अधिकारी, कृष्ण के.सी., रमेश बयलकोटी, उमेश सुनार, रामशरण श्रेष्ठ, शंकर तिवारी तया अनुश्का न्यौपाने लगायतका कलाकारहरुको अभिनय यस टेलिचलचित्रमा देख्न सकिन्छ । टेलिचलचित्रको कथा लेखन आत्माराम धितालको रहेको छ ।