३० आश्विन २०८३, शुक्रबार

प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

0
Shares


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले आइतबारका लागि बोलाएको बैठक स्थगित भएको हो ।

अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गरेका थिए ।

सरकारले पनि आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नभएर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।