३० आश्विन २०८३, शुक्रबार

यस पटकको दशैंः कुन देशमा कति बजेको छ साइत ?

0
Shares


काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको मुख्य पर्व वडादशैंको अवसरमा लगाइने टीकाको साइत सार्वजनिक गरेको छ । समितिले विभिन्न देशमा रहेका नेपालीका निम्ति आउँदो बडादशैंको शुभसाइत सार्वजनिक गरेको हो ।

यही असोज ११ गते बसेको बैठकबाट विभिन्न देशका निम्ति दशैंको शुभसाइत तय गरिएको समितिका सदस्यसचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिएका छन् ।

नेपालका निम्ति भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै शुभसाइत सार्वजनिक गरिसकेको छ । जस अनुसार नेपालमा टीका लगाउने उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटलाई मानिएको छ ।