नियतिले देखाएको बाटो थियो, महान योद्धा, हस्तिनापुरका सेनापति, कुरुवंशीय शिरोमणि जस्ता योद्धालाई वाण हानेर वध गर्ने शक्ति सञ्चयमा लागेका खण्डी वास्तवमा स्त्री नै थिए तर सम्पूर्ण व्यवहार भने पुरुषको जस्तै गर्थे। उनको ध्याउन्न भनेको मात्र भीष्मको वध थियो र पाञ्चालका सुराकीहरूलाई उनले भीष्मको चियोचर्चो गर्ने र उनका दैनिकीको ख्याल गर्ने काममा लगाएका थिए। शिखण्डीलाई मात्र के थाहा थियो भने शिवजीको वरदान असत्य हुने छैन र अम्बाको बेलामा पाएको अपमान र दुःखको बदला यो जुनीमा लिन सक्नेछु जसका लागिशिवजीको वरदानले काम गर्नेछ । तर कहिले ? कुन बेलामा ? तर युद्धमा, भीष्मले पनि हतियार लिएर लडेकै बेलामा त होला नि ?
नियतिले देखाएको बाटो थियो, महान योद्धा, हस्तिनापुरका सेनापति, कुरुवंशीय शिरोमणि जस्ता योद्धालाई वाण हानेर वध गर्ने शक्ति सञ्चयमा लागेका शिखण्डी वास्तवमा स्त्री नै थिए तर सम्पूर्ण व्यवहार भने पुरुषको जस्तै गर्थे। उनको ध्याउन्न भनेको मात्र भीष्मको वध थियो र पाञ्चालका सुराकीहरूलाई उनले भीष्मको चियोचर्चा गर्ने र उनका दैनिकीको ख्याल गर्ने काममा लगाएका थिए । शिखण्डीलाई मात्र के थाहा थियो भने शिवजीको वरदान असत्य हुने
छैन र अम्बाको बेलामा पाएको अपमान र दुःखको बदला यो जुनीमा लिन सक्नेछु जसका लागि शिवजीको वरदानले काम गर्नेछ । तर कहिले ? कुन बेलामा ? तर युद्धमा, भीष्मले पनि हतियार शिखण्डी को थिए ? एक महान योद्धा र दृढ निश्चयी व्यक्ति ।
जन्मँदा पहिले महिला र कारणवश पछि पुरुषको रुप धारण गर्ने महान लडाकु । महाराज द्रुपदले आफ्ना लागि साह्रै ठुलो अपमान सम्झेपछि महादेवको घोर तपस्या गरे । महादेव खुसी भएर उनलाई छोरो पाउने वरदान दिए । नभन्दै महारानी प्रिषतीले गर्भधारण गरिन् र राजा द्रुपद धेरै खुसी भए । उनको खुसीको कारण थियो, महादेवले दिएको वरदानले उनका छोराले द्रोणाचार्यको वध गर्ने भविष्यवाणी थियो । फेरि राजा द्रुपद चाहन्थे, द्रोणाचार्यसँग बदला । प्रतिशोध । जसरी हुन्छ द्रोणाचार्यलाई जितेर अपमानको पनि बदला लिने र राज्य पनि फिर्ता लिएर, पाञ्चालको आधा गुमेको राज्य फिर्ता ल्याउनका लागि र अपमानको बदला लिन पनि द्रुपदलाई अत्यन्त निकटको व्यक्तिको सहयोग र ढाढसको जरुरत परेको थियो ।
त्यसैले धेरै वर्ष भएर पनि रानी प्रितीले (महाराज प्रिषतकी बुहारी) बच्चा नजन्माएकाले द्रुपदलाई उत्तराधिकारीको पनि चाहना थियो । उत्तराधिकारी नभएको राज्यमा शत्रुको हमला बारम्बार हुने र पछि राज्यको हेरचाह गर्ने पनि कोही नहुँदा बन्धुबान्धवहरूले राज्यलाई टुक्राटुक्रा गराएर बाँड्ने डर हुन्थ्यो जसले गर्दा प्रजाहरूमा विद्रोह सुरु भई राज्यमा गृहयुद्ध हुनसक्थ्यो । त्यसैले महादेवसँग वरदान माग्नका लागि गरेको तपस्याका महादेव खुसी भएर दिएको वरदानस्वरुप रानीको गर्भाधान भएको सुसमाचार रनीबासबाट आएको थियो ।
राजा द्रुपद खुसी हुनुको कारण थियो, महादेवले छोरो हुने वरदान दिनु । यता वरदान पाउनु उता रानी गर्भिणी भएको समाचार पनि आएको थियो । अब राज्य उत्तराधिकारी विहीन नहुने भयो । द्रोणाचार्यसँग भविष्यमा समेत बदला लिनेगरी सन्तान हुने भयो त्यो पनि छोरो नै । महादेवले छोरो नै हुने भनेपछि छोरो त हुने नै भयो भनेर राजा खुसीले गदगद थिए भने रानी पनि मातृत्वको महसुस गर्न पाउने आशाले खुसी थिइन्। काशीराजकी छोरी अम्बाले पनि द्रुपद महाराजको छोरोको रुपमा जन्मने वरदान पाएकी थिइन् ।
पहिले छोरीको रुपमा जन्मने र पछि छोरो हुने वरदान थियो र त्यही छोरी भएर छोरामा बदलिन पाउने वरदान पाएकी अम्बाको पुनर्जन्ममा वत्स देशकी कन्या भएकी अम्बालाई तर आफ्ना पूर्वजन्महरूको कथा याद थियो र अब पनि छोरीको जन्म नहोस् भनेर भनेपछि महादेवले प्रसन्न भएर भनेका थिए—तिमी छोरीको पुनर्जन्म त छोरीकै रुपमा हुनेछ तर युद्धमा भीष्मसँग लडेर जित्नका लागि र वध गर्नेगरी घाइते बनाउनका लागि पुंस्त्व आवश्यक पर्ने भएकाले पछि छोराको रुपमा परिवर्तन हुने पनि वरदान महादेवले नै दिएका थिए । तर कसरी पुरुष हुने भन्नेचाहिँ भनिएको थिएन ।
महाराज द्रुपदलाई पनि छोरोको वरदान दिइयो एकातिर भने अम्बालाई पनि महाराजको दरबारमा छोरीको रुपमा पुनर्जन्म हुने गरी वरदान दिइयो। द्रुपदलाई पनि वरदान सन्तानका लागि, अम्बालाई पनि वरदान द्रुपदको सन्तान हुनका लागि । यसरी वरदानको गणित पनि मिल्यो, पहिले छोरी भएर जन्मने र पछि छोराको रुपमा परिवर्तन भई योद्धाको रुपमा संसार प्रसिद्ध हुने वरदान पनि मिल्यो ।
पुनर्जन्म हुनेहरूको पनि आफ्ना आफ्नै कथा देखिन्छन् । अम्बाको नियत थियो भीष्मको हत्या । बध । जसरी हुन्छ भीष्मसँग बदला । द्रुपद महाराजको पनि एउटै ध्याउन्न थियो, जसरी हुन्छ आफूलाई अपमान गर्ने र आफ्नो आधा राज्य नै हडप्ने पुराना मित्र द्रोणाचार्यसँग अपमानको बदला लिने र सकेसम्म उनको हत्या गर्न सक्ने छोराको जन्म होस् भनेर वरदान मागेका थिए । अम्बाको लक्ष्य भीष्मको हत्या, द्रुपदको लक्ष्य द्रोणाचार्यको हत्या । दुवै कुरा पुग्नु नै पर्ने थियो र महादेवले त्यसका लागि वरदान पनि दिनु भएको थियो। नियतिले भीष्मको हत्याको प्रायोजनका लागि पनि द्रुपदका जेठा छोरा शिखण्डी परेका थिए भने द्रोणाचार्यको हत्याका लागि पनि द्रुपदका अर्का छोरा धृष्टद्युम्नको जिम्मामा नियतिले दिएको थियो ।
कुरुवंशको अन्त्यका लागि द्रुपदकै छोरी याज्ञसेनीको जिम्मा दिएको थियो नियतिले । शिखण्डीको बारेमा पहिले विहे त भएको थियो दशार्ण नरेशकी छोरीसँग जब उनी स्वयं छोरी भएर पनि छोराको रुपमा, युवराज शिखण्डीका रुपमा थिए । महाभारतले स्पष्ट नभने पनि विवाहका रातमा नै शिखण्डीकी पत्नीले पुरुष होइन कि भन्ने लख काटेकी भनिएको छ भने कसैले रहँदा बस्दा वास्ता नगरेकोले माइतीमा आफ्ना पतिको लिंग पहिचानका लागि सहयोग मागेको बताइन्छ ।
जे होस्, यदि त्यो घटना नभएको भए शिखण्डीको लिंग पहिचान नभए पनि महारथीको रुपमा पहिचान र सम्मान त हुन्थ्यो तर पुरुषत्व भने प्राप्त हुने कुरै थिएन। तर नियतिको खेल मानौं । शिखण्डी आफू महिला भएको जानकारी संसारलाई हुनुभन्दा पहिले नै मर्ने चाहना राखेर घोर जंगलमा गएका देखिन्छन् जहाँ स्थूनाकर्ण यक्षसँग भेट भयो । महाभारतले स्पष्ट नभने पनि यक्ष स्थूणाकर्ण वैज्ञानिक थियो जसले लिंग परिवर्तन गर्ने दक्षता प्राप्त गरेको थियो ।
आफूलाई खाने प्राणीको खोजीमा निस्केका युवराज शिखण्डीले भारीभरकम शरीरको यक्षलाई अनुरोध गरे, हे यक्ष, मलाई खाएर ममाथि गुण लगाउनु होस् । कारण जान्न जब चाहे स्थूणाकर्णले अनि उनले आफू महिला भएको तर सानैदेखि पुरुष भन्दै पुरुषयोग्य काम गर्दै आएको र आजसम्म महाराज द्रुपद र महारानी प्रिषती बाहेक कसैलाई पनि आफ्नो गोप्यता थाहा नभएको तर पत्नीका रुपमा विवाहित दशार्णकन्याले शंका लागेकाले माइती गुहारिन् र आफ्ना कारणले पाञ्चाल राज्य नै खतरामा पर्न लागेकाले र युद्धको बादल आकाशमा मडारिएको देखिएकाले राज्यभन्दा आफू सानो ठानेर मर्न आएकी हुँ भनेपछि यक्षको मन पग्लियो । ऊ सायद लिंग परिवर्तन गर्न सक्ने वैज्ञानिक थियो र आफ्नो दक्षता देखाएर गुण लगाउन चाहन्थ्यो । क्रमशः
हरिविनोद अधिकारी
श्रोतः स्तन्त्र समाचार सेवा (INS)
