३० आश्विन २०८३, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि शुभेच्छुकलाई टीका लगाइ दिने

0
Shares


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस पटकको दशैंमा पनि शुभेच्छुकहलाई टीका लगाइ दिने भएका छन् । शाहले असोज २६ गते विजया दशमीका दिन निर्मल निवासमा
शुभेच्छुक र इच्छुक सर्वसाधारणलाई टीका लगाइ दिने भएका हुन् ।

उनको संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् ।

पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।