१ कार्तिक २०८३, शनिबार

इजरायली हवाई आक्रमणबाट मृत्यु हुने लेबनानीको संख्या २ हजार ३०६ पुग्यो

0
Shares


काठमाडौं । अक्टोबर ८, २०२३ देखिको इजरायली हवाई आक्रमणबाट लेबनानमा २ हजार ३०६ जनाको मृत्यु भएको छ ।

त्यस्तै १० हजार ६९८ जना घाइते भएका छन् । गाजापट्टीमा हमास र इजरायल बीचको युद्ध जारी रहँदा हिजबुल्लाह र इजरायली सेनाले लेबनान–इजरायल सीमामा गोलीबारी गर्दै आएका छन् ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले हिजबुल्लाहसँग लेबनानभर सघन हवाई आक्रमणहरू शुरु गरेको थियो ।