३० आश्विन २०८३, शुक्रबार

रास्वपा सभापति लामिछानेलाई आज अदालतमा उपस्थित गराईंने

0
Shares


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराईंने भएको छ । शुक्रबार काठमाडौंमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराईंने भएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो ।

सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरी पोखरा लगिएको थियो । उनलाई पक्राउ गरिएको विरोधमा उनका समर्थकले शनिबार राजधानी काठमाडौंको माइतीघर सहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् ।