३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्यले आज पनि राख्यो रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।

आइतबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार ६ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । हिजोको भन्दा २० रूपैयाँ बढेको चाँदी २ हजार ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।