३० आश्विन २०८३, शुक्रबार

आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलाबार तोलामा ३०० रुपैयाँले बढेसँगै सुनको मूल्य हालसम्मकै महंगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजार छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।