३० आश्विन २०८३, शुक्रबार

आज तोलामा ८०० ले बढ्यो सुनको मूल्य, ऐतिहासिक रेकर्ड राख्दा कति पुग्यो ?

0
Shares


काठमाडौं । नेपाली बजार पछिल्लो समय सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाइ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सार्वजनिक गरेको मूल्य सूची अनुसार सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुन ८०० ले बढेसँगै प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गलबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

मंगलबार तोलामा २ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।