३० आश्विन २०८३, शुक्रबार

रविलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

0
Shares


काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको छ । कार्तिक १४ गतेदेखि गणना हुनेगरी १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको होृ ।

यसअघि ५ दिन म्याद थप बिना नै हिरासतमा बसेको कारण लामिछाने अब ५ दिन थप बस्नु पर्ने भएको छ ।

लामिछानेसहित छविलाल जोशी र लिला पछाईंलाई पनि सोही अवधिसम्म हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

यहीबीचमा लामिछानेलाई सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि रुपन्देही (बुटवल) लैजाने प्रहरीको तयारी छ ।