३० आश्विन २०८३, शुक्रबार

गण्डकी प्रदेशका सांसद मनांगेलाई पाँच वर्ष कैद हुने फैसला

0
Shares


काठमाडौं । गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । मनाङबाट प्रदेशसभाको सांसद पदमा प्रत्येक्ष बिजयी भएका राजिव गुरुङ नाम भएका मनांगेलाई अर्का गुण्डा नाइके चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा उनी दोषी ठहर गर्दै सर्वोच्च अदालतले उनीमाथि जेल सजायको फैसला गरेको हो ।

मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि उच्चले गरेको फैसला सदर गरेसँगै मनांगेले अब जेल बस्नु पर्ने भएको छ ।

गुण्डा नाइकेका रुपमा परिचित सांसद मनाङेले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको अभियोग थियो । आक्रमणमा मनाङेको समूहले चक्रेको हात नै छिनाएको थियो ।

सोही मुद्दामा जिल्ला अदालत काठमाडौँले उनलाई २ वर्ष कैदको फैसला गरेको थियो । उक्त कैद भुक्तानका लागि डिल्लीबजार कारागारमा रहेका मनाङेलाई २०७५ पुस ६ गते सर्वोच्च अदालतले नै रिहा गर्न आदेश दिएको थियो ।