३० आश्विन २०८३, शुक्रबार

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

0
Shares


काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका सभापतिलाई प्रहरीले म्याद थपको लागि आज अदालत उपस्थित गराएको हो ।

गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा (कास्की) ल्याइएका लामिछानेलाई हिरासतमा राख्न अदालतले चौथोपटक कात्तिक २५ गते थपेको १३ दिनको म्याद शुक्रबार नै सकिएको थियो ।

अब म्याद थप गरेर उनलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अनुसन्धानका लागि त्यता लाने तयारी प्रहरीले गरेको छ ।