३० आश्विन २०८३, शुक्रबार

रवि लामिछानेलाई अर्को बयानका लागि चितवन लगियो

0
Shares


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ । काठमाडौंमा बयान सकिएपछि सिधै चितवन लगिएको हो । चितवन उनको निर्वाचन क्षेत्र पनि हो । उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।

यसअघि पोखरा, बुटवल र काठमाडौंमा उनको बयान सकिएको छ । आजै बिहान चितवन पठाइएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।