३० आश्विन २०८३, शुक्रबार

छैटौं पटक म्याद थपका लागि रविलाई लगियो जिल्ला अदालत

0
Shares


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ । केहीबेर अघि उनलाई अदालत पुर्‍याइएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई पुनः म्याद थपको तयारी गरिएको छ ।

२ कात्तिकमा पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमै रहेका बेला बुटवल, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो ।

विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर रकम अपचलन गरेको आरोप उनीमाथि छ ।