३० आश्विन २०८३, शुक्रबार

‘चुरीफुरी’ नायिका अम्बिकाको निर्देशनमा ‘मेरी आमाको कथा’ प्रसारणमा

0
Shares


काठमाडौं । समसामयिक कथावस्तुमा निर्माण र प्रसारण भइरहेको हाँस्य टेलिचलचित्र ‘चुरीफुरी’को मुख्य अभिनेत्री रहेकी अम्बिका कार्कीको निर्देशनमा नयाँ टेलिचलचित्रको निर्माण आरम्भ भएको छ । कार्कीले मेरी आमाको कथा नामक नयाँ टेलिश्रृङ्खलाको लेखन तथा निर्देशन गर्न थालेकी हुन् ।

आर्या फिल्मस् नामक युट्युबबाट यो टेलिश्रृङ्खलाको पहिलो भाग सार्वजनिक गरिएको छ । यस टेलिचलचित्रमा निर्देशक कार्की आफैं मुख्य भूमिकामा देखिएकी छिन् भने उनको साथमा धुर्व परियार, कृष्ण केसी, रस्मिका कार्की, सावित्री दर्नाल, केशव घिमिरे, प्रमिला कार्की, रामशरण श्रेष्ठ, सुस्मा सिलवाल तथा गोमा गडेलले अभिनय गरेका छन् ।

छायाँकन र सम्पादन मन्दिप रानाले गरेको टेलिचलचित्रमा धुर्व परियार निर्माता रहेका छन् । यसमा आत्माराम धितालले कार्कीलाई निर्देशनमा सघाएका छन् । सह निर्देशकको भूमिकामा रहेका धितालले यो टेलिश्रृंखलालाई निरन्तर रुपमा निर्माण गरिने र आगामी श्रंङ्खलादेखि राष्ट्रि टेलिभिजनको पर्दामा पनि यसको प्रसारण गर्ने तयारी भएको जानकारी दिए ।