३० आश्विन २०८३, शुक्रबार

टेलिचलचित्र ‘माइतीघर’को प्रसारण सुरु (भिडियो सहित)

0
Shares


काठमाडौं । टेलिचलचित्र ‘माइतीघर’को प्रसारण प्रारम्भ भएको छ । मणिलिङ्गेश्वर फिल्मस् हाउस प्रा.लि.को प्रस्तुति रहेको यस टेलिचलचित्रको प्रसारण बागमती टेलिभिजन एचडी, बागमती टेलिभिजनको फेसबुक पेज तथा माइतीघर युट्युब च्यानलबाट शुक्रबारदेखि प्रसारण थालिएको हो ।

यस टेलिचलचित्रलाई बागमती टेलिभिजन एचडी तथा फेसबुक पेजमा हरेक शुक्रबार साँझ ७ः३० बजे तथा माइतीघर युट्युब च्यानलमा ८ बजे हेर्न सकिन्छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको टेलिचलचित्रमा सितल के।सी।, सपना श्रेष्ठ, इश्वरी प्रसाद अधिकारी, नवराज अधिकारी, जानुका विश्वकर्मा, विद्या भट्टराई, बद्री पुडासैनी, करिस्मा खतिवडा, कमल प्रसाद शर्मा शिवराज शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने मरुभूमि नारायण मिश्रको छायाँकन, शंकर अधिकारी ‘घायल’को गीत, विकाश चौधरीको संगीत तथा अर्जुन थापाको सम्पादन रहेको छ ।

टेलिचलचित्रको निर्माता नवराज अधिकारी र इश्वरी प्रसाद अधिकारी रहेका छन् । टेलिचलचित्रका निर्माता नवराज अधिकारीले यस टेलिचलचित्रलाई धाराबाहिक रुपमा निरन्तर निर्माण गरिने बताए । सामाजिक र सचेतनामूलक मनोरञ्जनका लागि यो टेलिचलचित्र निर्माण गरिएकोले त्यस्ता भिडियो सामाग्री हेर्न चाहने दर्शकहरुको चाहना पुरा गर्न सक्ने विश्वास अर्का निर्माता इश्वरी प्रसाद अधिकारीको रहेको छ ।

निर्माता तथा कलाकार अधिकारीले यो टेलिचलचित्रको १० भाग निर्माण सकिएको र प्रसारण गर्दै जाँदा अन्य भागको निर्माण पनि गरिँदै जाने बताए । दर्शक तथा शुभचिन्तकहरुको सल्लाह तथा सुझाव अनुसार कथाको माग बमोजिम अन्य कलाकारहरु पनि थप्दै जाने सोचमा आफूहरु रहेको उनको भनाइ छ ।