३० आश्विन २०८३, शुक्रबार

रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित

0
Shares


काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । आईतवार बिहान लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको अनुसन्धानका लागि उनलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गरिएको छ ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ८३ दिनको अनुसन्धान तथा थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।