३० आश्विन २०८३, शुक्रबार

आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजाआराधना गरिँदै

0
Shares


काठमाडौं । आज सरस्वती पूजा । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाइन्छ ।

वसन्त ऋतुको शुरूवात हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास छ ।

आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गर्दछ ।