३० आश्विन २०८३, शुक्रबार

सिंहदरबारभित्र खानेपानी मन्त्रालयमा आगलागी

0
Shares


काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगलागी भएको छ । सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयको भवनमा आगलागी भएको हो ।

प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलका अनुसार आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागीको कारण खुलेको छैन । आगलागीबारे थप विवरण आउन बाँकी छ ।

शनिबार बिहान ९ बजेको समयमा मन्त्रालयको भवनमा आगलागी भएको थियो । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ ।