३० आश्विन २०८३, शुक्रबार

आज यी ठाउँमा छ हिमपातको सम्भावना, हेर्नुहोस् मौसम कस्तो छ ?

0
Shares


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा बदली र हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।

विभागले दिउँसो कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।