३० आश्विन २०८३, शुक्रबार

पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु, ६ जना घाइते

0
Shares


काठमाडौं । पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा भारी वर्षा र अचानक आएको बाढीमा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

भारी वर्षाका कारण प्रान्तको कलाका जिल्लामा बाढी आएको थियो । गत सोमवारदेखि अफगानिस्तानको अधिकांश भागमा वर्षा र हिमपात भइरहेको छ ।

अफगानिस्तानको मौसम विभागले देशका ३४ प्रान्तमध्ये ३२ वटामा हिमपात र छिटपुट वर्षासँगै अचानक आएको बाढीको पूर्वानुमान गरेको छ ।