३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेसँगै ऐतिहासिक रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च हो । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार २०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।