३० आश्विन २०८३, शुक्रबार

पाथिभरा केबलकारको निर्माण रोक्न सर्वोच्च अदालतको आदेश

0
Shares


काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न आदेश दिएको छ । याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको हो ।

गत बुधबार नै सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई झिकाएको भएता पनि आदेशबारे भने आइतबार मात्र थाहा भएको हो ।

निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने भन्दै न्यायाधीश सुवेदीको इजलासले २६ चैतमा दुवै पक्षलाई झिकाएको हो ।