३० आश्विन २०८३, शुक्रबार

सोमबार इस्लाम धर्मावलम्बीको इद, सरकारले दियो सार्वजनिक बिदा

0
Shares


काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा चैत १८ गते सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हो ।

‘इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।