३० आश्विन २०८३, शुक्रबार

आजको मौसम, यी ठाउँमा अझै छ हिमपातको सम्भावना

0
Shares


काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका अधिकांश भू–भागहरूमा तापक्रम वृद्धी हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, महाशाखाले वर्षाको सम्भावना कम रहेको, जसका कारण सुख्खापन, आगोलागी तथा वायू प्रदूषण बढ्दै जाने सम्भावना रहेकाले स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।