३० आश्विन २०८३, शुक्रबार

आज सुनको मूल्य तोलामै पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एकै पटक पाँच हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्यमा भारी वृद्धि भएको हो ।

मंगलबार प्रतितोला १ लाख ८४ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य बढेसँगै बुधबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ९४० रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य १ हजार ९९० रुपैयाँ पुगेको हो ।