३० आश्विन २०८३, शुक्रबार

एमाले युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

0
Shares


काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा थेबे दोस्रोपटक अध्यक्ष निर्वाचित भएका हुन् ।

पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबेले दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । थेबे १८८ मतले विजयी बनेका हुन् ।