३० आश्विन २०८३, शुक्रबार

पाँडेको निर्देशनमा बन्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त

0
Shares


काठमाडौं । नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त सम्पन्न भएको छ । बिहीवार काठमाडौंको धन्वन्तरी बाराही मन्दिर, ज्वागलमा सिनेमाको शुभमुहूर्त गरिएको हो ।

पशुपति शिवजी इन्टरटेनमेण्ट प्रा.लि.द्वारा प्रश्तुत सिनेमाको निर्देशन हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)ले गर्नेछन् ।

सुशिल कडरियाले निर्माण गर्ने यो फिल्मको कथा कुमार व्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् ।

त्यस्तै, कलाकारहरुमा रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियना आचार्य लगायतका कलाकारहरुको अभिनय रहनेछ ।