३० आश्विन २०८३, शुक्रबार

पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

0
Shares


काठमाडौं । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । हिजो बेलुकी ललितपुर कुपण्डोलमा रहेको घरमा छाती दुख्यो भनेपछि उनलाई तुरुन्तै थापाथलीको नर्भिक अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याएको केहीबेरमै उनको निधन भएको शर्माकी साथीसमेत रहेकी पत्रकार अमृता लम्सालले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार मुटुसम्बन्धी समस्या ‘कार्डियाक अरेस्ट’बाट शर्माको निधन भएको हो ।

शर्मा २०६९ फागुनदेखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन् । त्यसअघि उनले गोरखापत्र संस्थानबाट प्रकाशित ‘दि राइजिङ नेपाल’मा १३ वर्ष काम गरेकी थिइन् । उनको जन्म २०२३ साल कात्तिकमा भएको हो ।