१ कार्तिक २०८३, शनिबार

अमेरिकामा कार दुर्घटना, दुई नेपाली विद्यार्थीको मृत्यु

0
Shares


काठमाडौं । अमेरिकामा कार दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा लुइसियाना टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

भारी वर्षाका कारण कार दुर्घटनामा परेको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले लुइसियाना जनाएको छ। घटनाबारे लुइसियाना राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ। कार दुर्घटना १३ जुलाईको राति ९ बजेतिर भएको थियो।

लुइसियाना राज्य प्रहरीका अनुसार, होन्डा एकर्ड कार यादवले चलाएका थिए। उक्त कारमा यादवसहित चार जना सवार थिए। प्रहरीका अनुसार, होन्डा गाडी सडकभन्दा बाहिर पुगेर रूखमा ठोक्किएको थियो।