१ कार्तिक २०८३, शनिबार

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

0
Shares


काठमडौं । गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पत्ति बेपत्ता भएका छन्।

मोदी गाउँपालिका– ३ लाङ्दिमा पहिरोले छविलाल विकको घर पुरिँदा घरधनी छविलाल विक र उनकी श्रीमती बेपत्ता भएका हुन्।

पहिरोमा पुरिएका एक जनाको भने गाउँलेले सकुशल उद्दार गरेको गाउँपालिकाले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।