१ कार्तिक २०८३, शनिबार

स्पेन पहिलो पटक युरो महिला फुटबलको फाइनलमा

0
Shares


काठमाडौं । स्पेन पहिलो पटक युरो महिला फुटबल २०२५को फाइनलमा प्रवेश गरेको छ । गएराति ज्युरिचमा भएको खेलमा जर्मनीलाई पहिलो पटक हराएर स्पेन फाइनलमा प्रवेश गरेको हो ।

आइताना बोनमतीले खेलको ११३औँ मिनेटमा गरेको गोल नै स्पेनलाई जिताउने निर्णायक गोल बन्यो ।

युरोको कीर्तिमानी आठ पटकको च्याम्पियन जर्मनी स्पेनसँग पहिलो पटक हारेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

उक्त अतिरिक्त समयमा १–० गोल अन्तरले जर्मनीलाई पराजित गर्दै विश्वकप र नेसन्स लिग जितिसकेको स्पेन पहिलो पटक युरो को फाइनलमा पुगेको हो । स्पेनले उपाधिका लागि आइतबार राति साबिक बिजेता इङ्ल्यान्डसँग भिड्नेछ ।