३० आश्विन २०८३, शुक्रबार

पर्सा मिलन केन्द्र काठमाडौंले ३५ औं स्थापना दिवस मनाएको छ

0
Shares


काठमाडौं । पर्सा मिलन केन्द्र काठमाडौंले ३५ औं स्थापना दिवस मनाएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम आयोजना गरी केन्द्रले आफ्नो स्थापना दिवस मनाएको हो ।

विगत ३५ बर्षदेखि निरन्तर अगाडि बढिरहेको र सामाजिक सद्भाव प्रेम भातृत्व एवम् अपनत्व बृद्धि र सहयोगको वातावरण बनाउन सधैं अग्र स्थानमा रहेको केन्द्रले विभिन्न काम गर्दै आएको छ । पर्सा र काठमाडौंमा बसोवास गर्ने नागरिकको एकअर्काको समन्वय गर्दै अघि बढिरहेको बताइएको छ ।

संस्थाका अध्यक्ष गोविन्द प्रसाद नेपालले मिलन केन्द्रले विभिन्न कार्यक्रम गर्दै सबैलाई एक ठाउँमा जम्मा भएर काम गर्ने अवसर मिलेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष अमु सिंह सिजापतीले अग्रजहरुको आर्शिवाद लिनुपर्छ भनेर आफु पछि बसेर अग्रजहरुलाई अवसर दिएको बताए बताएकि छन् ।

कार्यक्रममा पूर्वअध्यक्ष बेदमान सिंह मल्लले संस्थालाई मिलेर अघि बढाउनु पर्नेमा जोड दिए ।उनले काठमाडौंमा बसेर पर्साका बासिन्दा हौं भन्ने गर्व गर्न लाएकको संस्था बनाउन सबैलाई आग्रह गरे । कार्यक्रममा बोल्ने अन्य पूर्व अध्यक्षहरु प्रमोदप्रसाद नेपाल, लक्ष्मिगोपाल श्रेष्ठ, राजकृष्ण अमात्य लगायतले केन्द्रको भूमिकाको चर्चा गरेका थिए ।

कार्यक्रममा विभिन्न अग्रज ब्यक्तीहरुको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा जन उध्दार सेवा समितिमा रहेका अनाथ वाल वालिकाहरलाई शैक्षिक सामग्री वितरण गर्नु का साथै वाल वालिकाहरलाई भोजनको पनि व्यवस्था गरियको थियो भने कार्यक्रमको संचालन ममता कुमारी भुजेलले गरेकि थिइन् ।