३० आश्विन २०८३, शुक्रबार

पेट्रोलको भाउ बढ्यो

0
Shares


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा दुई रुपैयाँले बढाएको छ । यस्तै निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा एक रुपैयाँले घटाएको छ ।

भारतीय आयल कर्पोरेसन ले पठाएको खरिद मूल्य अनुसार नयाँ भाउ तोकिएको निगमले जनाएको छ ।

अब चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ लिटरमा १५८ रूपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको १४६ रूपैयाँ ५० पैसा पर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरमा १६० रूपैयाँ र डिजेल–मट्टीतेलको १४८ रूपैयाँ पर्नेछ ।

यस्तै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरमा १६१ रूपैयाँ र डिजेल–मट्टीतेलको १४९ रूपैयाँ पर्नेछ ।