३० आश्विन २०८३, शुक्रबार

तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउन दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

0
Shares


काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ ।

तुइन खोला पुल नजिकै मंगलबार दिउँसो ४ : ५० बजेतिर गएको ठुलो पहिरोका खसेको थियो । पहिरोको कारण आवागमन पूर्णरूपमा ठप्प भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ ।

कार्यालयले नौबिसे–दामन–हेटौँडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोटबाट गन्तव्यमा पुग्न सकिने जनाएको छ ।