३० आश्विन २०८३, शुक्रबार

दशैँको बिदा सकिएसँगै सिंहदरबारमा चहलपहल बढ्दै

0
Shares


काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमीको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा चलहपहल शुरु भएको छ । सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल शुरु भएको हो ।

यस वर्ष असोज १६ गते दशैँको टीका रहेको थियो । त्यसपछिका पाँच दिन कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।

अब दशैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा कर्मचारीहरुको चहलपहल शुरु भएको हो ।

सिंहदरबारमा पनि कर्मचारीहरु आएर आफ्नो काम शुरु गरिसकेका छन् । दशैँमा सुनसान बनेको सिंहदरबारमा चहलपहल बढेको छ ।