३० आश्विन २०८३, शुक्रबार

माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा डा. निकोलस भुसालसहित तीन जना पक्राउ

0
Shares


काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले डा. निकोलस भुसाल, सञ्जिव दाहाल र एसपी साहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रशासनले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको हो ।

अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।