३० आश्विन २०८३, शुक्रबार

सभामुख घिमिरेले बोलाए १० राजनीतिक दलको बैठक

0
Shares


काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनस्र्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका छन् । बुधबार बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई बैठकमा बोलाइएको हो ।

प्रतिनिधिसभा पुनस्र्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउन सभामुख घिमिरेले बैठक बोलाएका हुन । पुनस्र्थापनाबारे बैठकमा सभामुख घिमिरेले दलहरूको राय माग्ने बताइएको छ । सभामुख घिमिरेले बिहीबार कानुन व्यवसायीहरूको बैठक समेत बोलाएका छन् ।