काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाले जनसंघर्षको कार्यक्रम घोषणा गरेको छ। कात्तिक २० गतेसम्मको लागि संघर्षका कार्यक्रमहरू घोषणा गरेको हो ।
कात्तिक १३ गतेसम्म भित्ते लेखन, १५ गते देशव्यापी मसाल जुलुस, कात्तिक १७ गते देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा र कात्तिक २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने नेकपाले जनाएको छ ।
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, उच्चस्तरीय छानबिन आयोग गठन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर, जेनजीमाथि भएको दमनको निष्पक्ष छानबिन गर, युवाहरूका लागि रोजगारीको ग्यारेन्टी गर भन्ने नाराका साथ संघर्षमा उत्रिन लागेको हो ।
विप्लवले कात्तिक २० गते काठमाडौंमा आयोजना हुने जनसभामा सहभागी हुन समेत अपिल गरिसकेका छन् ।