३० आश्विन २०८३, शुक्रबार

आज हरिबोधनी एकादशी

0
Shares


काठमाडौं । आज हरिबोधनी एकादशी । भगवान विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ ।

हरिबोधनी एकादशीमा तुलसीको दामोदरसँग विवाह गरिन्छ । आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथ लगायतमा विशेष मेला लागेको छ ।

हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् ।

आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।