३० आश्विन २०८३, शुक्रबार

सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले हटायो

0
Shares


काठमाडौं । सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ । मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर, त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहाँट हटाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको बताए । प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ ।

हिजो प्रधानमन्त्रीलाई भेट्न गएका जेनजी समूहलाई प्रधानमन्त्रीले भेट नदिएपछि नाराबाजी गरेका थिए ।