३० आश्विन २०८३, शुक्रबार

अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल

0
Shares


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एमाले बाहेकको समीकरण अन्य प्रदेशहरुमा पनि बनाउनुपर्ने बताएका छन् ।शनिवार जनकपुर धाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मधेसमा काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी तथा मधेस केन्द्रित दलहरुबीच समिकरण बनेर नयाँ समिकरण बनेको र अब यस्तै समिकरणको शुरुवात अन्य प्रदेशहरुमा पनि बन्ने विश्वास व्यक्त गरे ।

कम्युनिष्टहरुबीचको एकता प्रकृयालाई जारी राख्ने बताउदै दाहालले एमालेमा आवद्ध नेताहरुलाई समेत एकतामा शामिल हुन आह्वान गरे।

उनले भने ‘यो एकता प्रकृया नेकपा माले, मसाल हुँदादेखिको योजना रहेको र अहिले पनि एमाले पार्टीमा रहेका देशभक्त कम्युनिष्टहरुलाई नेकपामा शामिल हुन आह्वान गर्न चाहन्छु ।’

संयोजक प्रचण्डले शक्तिशाली नेपाली कम्युनिष्ट पार्टीले नै मुलुकलाई समृद्ध बनाउने दाबी गरे। नेपाली कम्युनिष्ट पार्टीले जनकपुरधाममा एकताको सन्देशसभा सम्पन्न गरेको छ ।