३० आश्विन २०८३, शुक्रबार

प्रथम अभिनेत्री भुवन चन्दलाई पतिशोक

0
Shares


काठमाडौँ । प्रथम अभिनेत्री भुवन चन्दका पति माइकल चन्दको निधन भएको छ । आज बिहान चन्दको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।रेडियो नेपाल र जर्मनको गोथे ईन्टिच्युटमा लामो समय काम गरेको चन्द ७७ वर्षका थिए । चन्दका ३ छोरी रहेका छन् ।
उनीहरू सबै अमेरिका रहेका छन् । उनको अन्त्येष्टि शनिबार मात्र गरिने निरौलाले बताए ।