काठमाडौ, काठमाडौं सामान ढुवानी व्यवसायी संघको ११ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ढुवानी क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने बताएका हुन । मुख्यमन्त्री बानियाँले ढुवानी ऐन निर्माणमा पनि पहल गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले काठमाडौंमा ढुवानी व्यवसायीले भोग्दै आएका समस्याबारे जानकार रहेको भन्दै समाधानका लागि संघ सरकारसँग मिलेर काम गर्ने बताए ।
काठमाडौं ढुवानी व्यवसायी संघका अध्यक्ष पुष्पराज श्रेष्ठले ट्रान्सपोर्ट नगर व्यवस्थापन नहुँदा अस्तब्यस्त तरिकाले काम गर्नुपरेको गुनासो गरे ।
एकीकृत ढुवानी ऐनको अभावमा बाटोमा अनावश्यक जाँच, जरिवाना, त्रासको वातावरण रहेको पनि अध्यक्ष श्रेष्ठले गुनासो गरे । कार्यक्रममा ढुवानी संघलाई सहयोग गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मानित गरिएको थियो ।