३० आश्विन २०८३, शुक्रबार

प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगद्वारा आजदेखि कल सेन्टर सञ्चालनमा

0
Shares


काठमाडौं । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ । आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो ।

निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको आयोगले जनाएको छ ।

अहिले  कार्यालय समय बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा दिने र क्रमश समय बढाउदै लगिने जनाइएको छ ।

आयोगले कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गर्नेछ । निस्शुल्क टोल–फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्ने सक्नेछन् ।

एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरु होल्डमा रहनुपर्ने छैन ।