३० आश्विन २०८३, शुक्रबार

जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेको महराजगंजस्थित भाटभटेनी सुपर मार्केट बिहिबारदेखि पुनः सञ्चालनमा

0
Shares


काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड तथा आगजनीबाट पूर्ण रूपमा क्षति पुगेको महराजगंजस्थित भाटभटेनी सुपर मार्केट बिहिबारदेखि पुनः सञ्चालनमा आएको छ।

आन्दोलनका कारण गम्भीर क्षति व्यहोरेको सुपरमार्केट भवन करिब छ महिनासम्म मर्मत तथा पुनर्निर्माण गरिएको थियो। आवश्यक संरचनात्मक सुधार तथा आन्तरिक व्यवस्थापन पूरा भएपछि आजबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो ।

सुपरमार्केट पुनः सञ्चालनका अवसरमा भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङलगायतको उपस्थितिमा विशेष पूजा आयोजना गरिएको थियो ।

आन्दोलनका क्रममा भएको क्षतिपछि लामो समय बन्द रहेको उक्त शाखा पुनः सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ताले नियमित सेवा पाउने भएका छन्।