३० आश्विन २०८३, शुक्रबार

कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बम

0
Shares


काठमाडौं । जेनजी अगुवा रक्षा बमले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न फेरि माग गरेकी छन् ।

उनले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै प्रतिवेदन सार्वजनिक गर्न फेरि माग गरेकी हुन् । प्रतिवेदन सार्वजनिक गर्नुपर्ने प्रधानमन्त्रीको जिम्मेवारी भएको बताउदै उनले इतिहासले सम्झिने काम गर्न आग्रह समेत गरेकि छन् ।

गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन। जनेजी अगुवा बमले प्रतिवेदन पढेर आफूले आफ्नो हातमा रगत लागे–नलागेको, आन्दोलन भड्किएको विषयमा जान्न चाहेको पनि बताएकी छन् ।

यस्तै उनले आफुले सिंहदरबार जलाएको हो कि होइन भन्ने कुरा र आफु कतैबाट परिचालित छु कि छैन भन्ने सबै प्रश्नहरूको उत्तर पनि जान्न चाहेको बताएकी छन् ।

यस्तै उनले आफुहरुको शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो ? गोली चलाउने आदेश कसले दियो ? र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?भन्ने समेत जान्न चाहेको बताएकी छन् ।।।