३० आश्विन २०८३, शुक्रबार

निर्वाचनमा जित्छौं भनेर पार्टी स्थापना भएको होइन : गगन थापा

0
Shares


काठमाडौँ ।नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टीलाई निर्वाचनभन्दा फराकिलो दायरामा राखेर हेर्नुपर्ने टिप्पणी गरेका छन् ।मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टी आउनुभन्दा अघि निर्वाचन नआएको र निर्वाचनमा लड्नकै लागि भनेर मात्रै पनि पार्टी स्थापना नभएको जिकिर गरे ।

उनले भने ‘के निर्वाचन नै सबै कुरा हो के निर्वाचनको केही सन्दर्भ २०७४ को प्रतिकूल अवस्था पनि हामीले ब्यहोरेकै हो,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टी स्थापना भएको बेलामा त कुनै बेला निर्वाचन हुन्छ, निर्वाचनमा जित्छौं भनेर पार्टी स्थापना भएको पनि होइन, हाम्रा पार्टीका नेताहरूले पार्टी बनाउने बेलामा त । यो पार्टी निर्वाचनभन्दा फराकिलो छ ।’

उनले पार्टी आएको र पार्टी आएपछि मात्रै निर्वाचन आएको टिप्पणी गरे । कांग्रेसले त्यो विषयलाई फराकिलो दायरामा राखेर हेर्नुपर्ने पनि बताए ।

थापाले भने, ‘नेपाली कांग्रेसले त्यो फराकिलो दायरामा राखेर आफूलाई हेर्नुपर्नेछ । तर, हामी यसरी आएका हौं र जे छ त्यो ठिक छ भनेर हुँदैन । पार्टीभित्र व्यापक सुधार आवश्यक छ ।’