३० आश्विन २०८३, शुक्रबार

राइड शेयरिङमा प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग गर्दै प्रो राइडर समूह आन्दोलित

0
Shares


काठमाडौँ।नेपालमा राइड शेयरिङ कम्पनीहरूले मनोमानी भाडा निर्धारण गरी राइडरहरूको श्रम शोषण गरेको भन्दै प्रो राइडर समूहले आन्दोलन शुरू गरेको छ ।

समूहले आज काठमाण्डौको बल्खुमा कालोपट्टी बाँधेर देशव्यापी प्रतीकात्मक विरोध जनाएको छ । सम्बन्धित निकाय र कम्पनीहरूले समेत बेवास्ता गरेको भन्दै उनीहरूले सामूहिक धर्ना, ठूला र्‍याली, रिले आन्दोलन र अन्तिम विकल्पका रूपमा सेवा पूर्ण बन्दको चेतावनी दिएका छन् ।समूहले ५ बुँदे माग अघि सारेको छ ।

जसमा सबै एपमा प्रतिकिलोमिटर २७ रुपैयाँ समान भाडादर लागू गर्ने, बोनस वा योजनाका नाममा भाडादर घटाउने प्रथा बन्द गर्ने, दर्ता नभएका कम्पनीलाई नियमनमा ल्याउने, विदेशी एपलाई स्पष्ट नियमभित्र ल्याउने र पालना नगरेमा नेपाली एप सञ्चालन गर्ने तथा विदेशी एपमार्फत रकम बाहिरिन रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने रहेका छन् ।